NRNA भलिबल टुर्नामेन्ट सम्पन्न

फिनल्याण्डमा छरिएर रहेका नेपालीहरुलाई खेलकुदको माध्ययमद्वारा एकत्रित गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ फिन्ल्याण्डले अगस्ट १२ र १३ तारिखमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । संघले पहिलोपटक यस बर्षदेखि बालबालिकाहरुलाई समेत समेट्दै प्रतियोगिता आयोजना गरेको हो ।
पुरुष तर्फ फाईनलमा बेसक्याम्प समूहलाई पराजित गर्दै युनाईटेड क्लब बिजयी बन्न सफल भयो । महिला तर्फको खेलमा भने लोटस समुह बिजयी भयो । सनसाइन रनरअपमा नै सीमित रह्यो । यसैगरी जुनियर तर्फ सगरमाथा समूहले उपाधि चुम्यो । प्रतियोगितामा पुरुषतर्फ सुरज खरेल र महिलातर्फ सम्झना भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । भलिबल प्रतियोगितामा पुरुषतर्फ ६, महिलातर्फ ४ र बालबालिकाहरुबाट २ गरी जम्मा १२ समूहले प्रतिस्पर्धा गरेका थिए ।

one
प्रतियोगिताका बिजयी समूहहरुलाई एनआरएन फिन्ल्याण्डका पदाधिकारीहरुले संयुक्तरुपमा पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा अध्यक्ष बालकृष्ण श्रेष्ठले फिनल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरुलाई एनआरएनमा आवद्ध भएर आर्थिक एवम् सामूहिक रुपले सशक्त बनाइदिन अपिलसमेत गरे ।
आर्थिकरुपले मजबुत हुन सकेको अवस्थामा संस्थाको तर्फबाट फिनल्याण्ड र नेपालका लागि गर्न सकिने धेरै सम्भावना समेत औल्याउँदै संस्थाका आगामी गतिबिधीहरुबारे उनले चर्चा गरे । मुख्य प्रायोजक हिमालय रेस्टुराँ, सह-प्रायोजक सत्कार रेस्टुराँ स्पाइस टाउन रहेको उक्त प्रतियोगितालाई हाम्रो बजार हेल्सिन्की, क्याफे पालुवा, नेपाल फिन्ल्याण्ड डटनेटले सहयोग गरेका थिए । प्रतियोगिताको संयोजन संस्थाका खेल संयोजक नारन मगरले गरेका थिए । टुर्नामेन्टबाट जम्मा ५९३ युरो बचत भएको थियो, जुन एनआरएन फिनल्याण्डको भैपरि आउने (इमर्जेन्सी फण्ड) मा जम्मा हुने बताइएको छ |
दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त प्रतियोगितामा बिभिन्न समूहहरुले नाचगान गर्दै थप रौनक प्रदान गरेका थिए ।

थप फोटोहरुको लागि यहाँ क्लिक गर्नुहोला | (सौजन्य : Nepalfinland.net)

Leave a Reply

Your email address will not be published. Required fields are marked *