Become a Member / सदस्य बन्नुहोस्

गैरआवासीय नेपाली संघ फिनल्याण्डको साधारण सदस्यता लिनु पूर्व तलका जानकारीहरु कृपया ध्यान दिएर पढ्नुहोला । (Scroll down for English)

कृपया सदस्यताको फारम भर्नका लागी यहाँ थिच्नुहोस : bit.ly/NRNAMembership

कृपया सदस्यता फारम भर्न यहाँ स्क्यान गर्नुहोस्।

एनआरएनए सदस्य हुनका लागी निम्न नियमहरू लागू हुनेछन्। 

गैरआवासीय नेपाली संघ फिन्ल्याण्डको बिधान अनुसार गैरआवासीय नेपाली संघको सदस्य हुनः

  • नेपाल वा सार्क सदस्य मुलुकहरु बाहिर कम्तिमा २ बर्ष बसोवास गरि हाल पूर्णकालिन काम गर्ने अधिकार (Full-time working rights) सहितको भिषा अर्थात A वा P भिषा भएका, वा नेपाली मूलका फिनिश नागरिक हुनु पर्नेछ।
  • विद्यार्थी भिषा अथवा नेपाल वा सार्क मुलुक बाहिर २ बर्ष भन्दा कम बसोवास गर्नुभएका महानुभावहरुले समेत गैर आवासीय नेपाली संघ फिनल्याण्डको आबद्ध सदस्यता “Associate Membership” लिन सक्नुहुनेछ । यो सदस्यता निःशुल्क हुनेछ तर आबद्ध सदस्यहरुले संघको निर्वाचन प्रकृयामा भाग लिने, मतदान गर्ने र नीति निर्माण तथा निर्णय प्रकृयाहरुमा प्रत्यक्ष सहभागिता भने जनाउन पाउने छैनन् ।

केही महत्वपूर्ण जानकारीहरु :

सन् २०२१-२०२३मा एनआरएनए सदस्य हुनुहुन्छ भने हजुरको हकमा कुनै पनि दस्तावेज प्रमाणिकरण गर्नुपर्ने छैन। हजुरहरुको लागी आवेदन फारम सरल बनाईएको छ जसमा नाम र ईमेल मात्र टिपाई हालको संसोधित सदस्यता शर्त एवम् गोपनियताको शर्तमा सहमति जनाउनु पर्नेछ। 

नयाँ सदस्यहरूको हकमा सदस्यताको लागी योग्य रहेको प्रमाणिकरण दुई तरिकाले गर्न सकिन्छ :

  • माथि उल्लेखित सदस्यताका लागी योग्य रहेको दस्तावेज अपलोड गरेर 

वा

  • भिडियोकल मार्फत आफ्नो योग्यता प्रमाणित गरेर।
    यसबारे सम्पूर्ण जानकारी फारममा नै उपलब्ध छन्।

सदस्यता आवेदनका क्रममा अपलोड गरिने डकुमेन्टमा आफ्नो व्यक्तिगत विवरणका महत्वपूर्ण अंश-जस्तै सोसियल सेक्युरिटी नम्बर, पासपोर्ट नम्बर, जन्मस्थान  छोपेर राहदानी तथा परिचयपत्र दिन सक्नु हुनेछ। 

सदस्यता विवरण भर्दा फिनिश राहदानी हुनेले राहदानीको अघिल्लो पेजमात्र राखे पुग्छ तर नेपाली राहदानी हुनेले रेसिडेन्ट पर्मिटको दुबै साइडको फोटो राख्नु पर्ने हुन्छ ।

हामीलाई प्राप्त डकुमेन्ट मात्र एकजना Verification Officerको निहितमा रहन्छ । सदस्यतामा विवाद आएको खण्डमा बोर्डको निर्णय पश्चात विवाद सुल्झाउनका लागी बनेको दुई सदस्यीय समितीले मात्र उक्त विवादित सदस्यता सम्बन्धीको दस्ताबेज हेर्न सक्नेछन्। 

प्रमाणीकरण पछि Verification Officer द्वारा सम्पूर्ण दस्ताबेजहरू एवम् विवरण ( नाम र ईमेल बाहेक) सुरक्षित तबरले मेटाईने छ। 

सदस्यता शुल्क १० € रहेको छ र बैंकको विवरण सबै अनलाइन फारम भित्र उपलब्ध छ। यद्यपी झुक्किनु भएको खण्डमा तलको विवरण हेर्नुहोला।
Bank: Nordea
Account Name: Non-Residential Nepali Association Finland Ry
Account no : FI62 1745 3000 0865 30
BIC: Nordea
Message: Member “Full Name”
कृपया Message मा आफ्नो लागि भए SELF र आफ्नो परिवार वा अन्य व्यक्तिका लागि तिरिदिनुभएको भए सम्बन्धित व्यक्तिको नाम राखिदिनुहोला ।

सदस्यता फारम भर्नुपूर्व कृपया गैर आवासीय नेपाली संघको गोपनियता शर्त पढ्नुहोस् एवम् सदस्यताका शर्तहरू पढ्नुहोला ।
गोपनियता शर्त : https://nrna.fi/nrna-finlands-privacy-statement/
सदस्यताका शर्त : https://nrna.fi/terms-and-conditions-membership/

English Version

Please read the following information carefully before taking the general membership of Non-Resident Nepalese Association of Finland.

Please fill your Membership Application form here:  bit.ly/NRNAMembership

Please scan here to fill your Membership Application form:

The following rules will apply to become an NRNA member.

Non-Resident Nepali Association Ry (NRNA) have have the following requirements for a member as per their statute:

  • Must have lived outside of Nepal or SAARC member countries for at least 2 years and currently have a visa with full-time working rights, i.e. A or P visa, or must be a Finnish citizen of Nepali origin.
  • Even dignitaries who have a student visa or have lived outside of Nepal or SAARC countries for less than 2 years can take “Associate Membership” of Non-resident Nepali Association of Finland. This membership will be free, but affiliated members will not be allowed to participate in the election process of the association, vote and directly participate in policy making and decision making processes.

Some important information:

If you are a member of NRNA in the year 2021-2023, no documents need to be verified in your case. The application form has been made simple for you, in which you have to enter the name and email only and agree to the updated membership terms and conditions and privacy policy.

In case of new members, verification of eligibility for membership can be done in two ways:

  • By uploading the above mentioned eligibility documents for membership

OR

  • By proving your eligibility through video call.
    All information about this is available in the form itself.

In the document that will be uploaded during the membership application, you will be able to cover important parts of your personal details – such as social security number, passport number, place of birth.

While filling the membership details, Finnish passport holders only need to keep the front page of the passport, but Nepali passport holders need to keep the photo of both sides of the resident permit.

The documents received by us remain in the possession of a Verification Officer  ONLY. If there is a dispute in the membership, only the 3-member committee formed to resolve the dispute after the decision of the board may see the document related to the disputed membership.

After Verification all documents and details (except name and email) will be securely deleted by the verification officer.

Membership fee is €10 and bank details are available within all online forms. However, if you are confused, see the details below.
Bank: Nordea
Account Name: Non-Residential Nepali Association Finland Ry
Account no : FI62 1745 3000 0865 30
BIC: Nordea
Message: Member “Full Name”
Please put the name of the concerned person in the message if you are paying for your family or other person.

Before filling the membership form, please read the Privacy Policy of the Non-Resident Nepali Association and Membership Terms and Conditions.

Privacy Policy: https://nrna.fi/nrna-finlands-privacy-statement/
Terms and Conditions: https://nrna.fi/terms-and-conditions-membership/

The membership is open all around the year. 

Request for proposal of agenda for amendment or modification of statute of NRNA FINLAND Ry.

Dear General Member,
As you already know, we have scheduled our Annual General Meeting (AGM) on 29.07.2023 and announced during the opening of the membership.
Please note that the AGM is the only opportunity to amend or modify the statute of NRNA Finland Ry. Therefore, please notify us of your proposed agenda here or through the link below:
https://forms.gle/1vHdR558WGqbgNEz7

Your proposed agenda will be added to a Google ppt file asap and will be visible to all the members. Please note that your name will be visible alongside the agenda for amendment or modification of the statute.

The deadline for the registration of your proposed agenda is 14.07.2023 at 23:59. 

Please let us know if you have any questions. 

Note: The current statute can be found here: 
https://nrna.fi/statutehttp-nrna-fi-nrna-statute-english-version/

Best Regards,
NRNA NCC Finland

आदरणीय सामान्य सदस्य ज्यू,
पूर्व सूचना बमोजिम,  मिति २९.०७.२०२३का दिन एनआरएनए फिनल्याण्डको वार्षिक साधारण सभा (AGM) को तालिका तय गरिएको छ। 
स्मरण रहोस् एनआरएनए फिनल्याण्डको विधान संशोधन वा परिमार्जन गर्ने एक मात्र अवसर यस साधारण सभा हो। त्यसैले, कृपया हामीलाई यहाँ वा तलको लिङ्क मार्फत तपाईंको प्रस्तावित एजेन्डा बारे सूचित गर्नहुन हार्दिक अनुरोध गर्दछौं:
https://forms.gle/1vHdR558WGqbgNEz7

तपाईंको प्रस्तावित एजेन्डा Google PPT फाइलमा यथाशीघ्र थपिनेछ र सबै सदस्यहरूले देख्न सक्नुहुनेछ। कृपया नोट गर्नुहोस् तपाईंको नाम विधानको संशोधन वा परिमार्जनका लागि एजेन्डाको साथमा देखिनेछ । 

तपाईंको प्रस्तावित एजेन्डा दर्ताको लागि अन्तिम मिति १४.०७.२०२३ समय २३:५९ रहेको छ। 

यदि तपाईंसँग कुनै प्रश्नहरू छन् भने कृपया यसै ईमेल मार्फत सम्पर्क एनआरएनए फिनल्याण्डलाई सम्पर्क गर्नुहोला।

नोट: हालको विधान यस प्रकार छन् :
https://nrna.fi/statutehttp-nrna-fi-nrna-statute-english-version/

भवदीय, 
एनआरएनए एनसीसी फिनल्याण्ड

अन्तिम जाँच-पास / Last Check

In ENGLISH Below!

❗अन्तिम जाँच-पास ❗

के तपाइँ हेलसिंकीमा राहदानी सेवा लिदै हुनुहुन्छ⁉️

i) यदि तपाइँको राहदानी जुन २०२४ भन्दा पहिले समाप्त हुँदैछ भने, तपाइँ प्रदान गरिएको सेवाको लागि योग्य हुनुहुन्छ।

कृपया जतिसक्दो चाँडो आवेदन फारम भर्नुहोस् र प्रमाणीकरणको लागि फारम पठाउनुहोस्।

यस अघि नै फारम भरिसक्नु भएको हकमा पनि जतिसक्दो चाँडो फारम प्रमाणित गर्नका लागी अनुरोध गर्दछौं।

तलको लिङ्कमा निर्देशन र लिङ्कहरू फेला पार्नुहोस्:

https://dk.nepalembassy.gov.np/mobile-service-helsinki/

ii) कृपया अपोइन्टमेन्ट अघि निर्देशन अनुसार भुक्तानी गर्नुहोस्। भुक्तानीको स्वीकृति 48 घण्टा सम्म आवश्यक लाग्नसक्नेज। तसर्थ, हामी तपाईंलाई सकेसम्म चाँडो भुक्तानी गर्न आग्रह गर्दछौं। स्वीकृत भुक्तानी बिना अधिकारीहरूले तपाईंलाई सेवाको ग्यारेन्टी दिन सक्नुहुनेछैन।

iii) माथि उल्लेखित कारणहरुले पछिल्लो वर्ष झै यस पटक फारम भर्नका लागी सहयोग डेस्क उपलब्ध ❌ हुनेछैन।🚫

असाक्षारको हकमा अन्य साक्षार व्यक्तीबाट आजै सहयोग लिनहुन अनुरोध गर्दछौ र माथि उल्लेखित प्रकिया पूरा गर्नहुन अनुरोध गर्दछौं।

iv) हालसम्म २०० भन्दा बढी सेवाग्रहीहरुले समय लिईसक्नुभएको छ। आवेदनकै क्रममा मे ५ र से ६ को समय बुकिङ्ग गर्नुहुने सेवाग्रहीको हकमा तोकिएको समयमानै सेवा दिईनेछ। अन्य समय लिनुहुनेको हकमा info@nrna.fi मा ईमेल गर्नुहोला । हामी भिड व्यवस्थापन गर्नका लागी र सुलभ सेवाका उक्त सेवाग्रहीहरूलाई ईमेल मार्फत सेवा समय प्रदान गर्नेछौं। पूर्वसूचना तथा पूर्वनिर्धारित समय बिना सेवा सेन्टरमा ❌न-आईदिनुहुन अनुरोध गर्दछौं।

v) फारममा केही सच्चाउनु परेमा सेवा समयमा नै अधिकारीहरुद्वारा गल्ती सच्चाईनेछ। कृपया दोस्रो फारम नबुझाउनुहोला।

❗Last Check❗

Are you taking a passport service in Helsinki ?

i) If you passport is expiring before June 2024, you are eligible for the provided service.

Please fill the application form as soon as possible and send the form for the verfication.

If you have already filled the form and booked an appointment, please send the form for the verification purpose asap.

Find instructions and links for application here:

https://dk.nepalembassy.gov.np/mobile-service-helsinki/

ii) Please make the payment as instructed before the appoinment. The approval of payment requires upto 48 hours. Therefore, we urge you to make the payment as soon as possible. Without an approved payment, officials can not guarantee you a service.

iii) Due to above-mentioned time constraints, we are not❌ able to provide the support desk for filling up the application form. 🚫

iv) More than 200 customers have made an appointment for the service.

If you have enrolled for May 5 and May 6 during the application process, you will receive you service on the agreed time. Those who have submitted the form on other dates than May 5 and 6, kindly send an email to info@nrna.fi. We will provide you an appointment time during the evening of May or May 6. Please do not❌ visit the service center without an agreed appointment.❗

v) If any of you details in the application form requires changes, it can be done during the appointment. Please ❌avoid filling up the second form that may lead to disqualification for the service.